काठमाडौं, २५ चैत
बंगालको खाडीबाट नेपालमा सिधै पानी जाहाज सञ्चालन हुने भएको छ ।
बंगालबाट नेपालसम्म पानी जाहाज सञ्चालन गर्ने विषयमा नेपाल र भारतबीच शनिबार नयाँदिल्ली सम्झौता भएको छ । दुई देशबीच भएको सम्झौताअनुसार नेपाल अब सिधै समुद्रसंग जोडिनेछ ।
नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समुन्द्रसंग सिधै जोडिने भएकाले नेपाल अब भुपरिवेष्ठित राष्ट्र नरहेको जानकारी दिए । नेपालको सम्पर्क सिधै समुन्द्रसंग हुने उनले बताए ।संयुक्त पत्रकारसम्मेलनमा बोल्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब जाहाज चलाउने जानकारी दिए । नेपालको सम्पर्क सिधै समुन्द्रसंग हुने उनको भनाई छ । यसविषयमा दुई देशबीच सम्झौता भएको उनले जानकारी दिए ।
नेपालको कोशीनदीसम्म जाहाज चल्ने भएको छ । बंगालको खाडीबाट सिधै जलमार्ग हुदै नेपालमा जाहाज आउने भएको छ । यसले गर्दा कलकत्ताबाट सडकमार्ग हुदै विराटनगर र वीरगञ्जसम्म भइरहेको आयात–निर्यात व्यापार जाहाज सञ्चालनपछि सिधै समुद्रबाट हुनेछ ।