प्रधानमन्त्री ओलीलाई भारतमा मानार्थ विद्यावारिधि



नयाँदिल्ली : प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतमा मानार्थ विद्यावारिधि प्रदान गर्दै सम्मान गरिएको छ। भारतको तीन दिने राजकीय भ्रमणमा रहेको प्रधानमन्त्री ओलीलाई उत्तराखण्डको डा. गोविन्द बल्लभ कृषि तथा प्रविधि विश्व विद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो।

आइतबार बिहान उत्तराखण्डको पन्तनगर पुगेका ओलीले विश्वविद्यालय र त्यहाँको ब्रिडर सिड प्रोडक्सन सेन्टरको अवलोकन गरेपछि सो सम्मान प्रदान गरिएको हो। भारतको पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुको विशेष पहलमा स्थापना भएको विश्व विद्यालयमा कृषि प्रविधिमा अध्यान र अनुसन्धान हुँदै आएको छ।

भ्रमकको अन्तिम दिन उत्तराखण्ड पुगेका ओली उत्तराखण्डबाट दिल्ली हुँदै साँझ स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्