प्रहरी जवानको लिखित परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)



काठमाडौँः प्रहरी प्रधान कार्यालयले गत फागुन १२ गते प्रहरी जवान पदका लागि सञ्चालित लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

गत साउन ३१ गते प्रकाशित विज्ञापन अनुसार लिइएको लिखित परीक्षामा ९२८ जना परीक्षार्थी सफल भएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उत्तीर्ण उम्मेदवारहरुको अन्तरवार्ता परीक्षा आगामी वैशाख ९ गतेदेखि १३ गतेसम्म सम्बन्धित परीक्षा केन्द्रहरुमा हुने पनि प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

उत्तीर्णको पूर्ण सूची हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् । 

PC-Written-Result-Notice-2074-12-25

प्रतिक्रिया दिनुहोस्