मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेकोे र ताकेको कार्य पुरा होला । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । सरकारी निकाएको भय रहला । मानसिक चिन्ता बढ्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) जनीतिक कार्यमा सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त संग भेट घाट हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वैदेशिक क्षेत्र कमजोर रहला ।सामान हराउने वा चोरी हुने भयछ । आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । लाभदायक यात्रा रहाला ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । बिश्वास गरेकाले साथ नदेलान् । नाक तथा घाँटीमा समस्या आउला । आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अरुलाई प्रभावित पारेर काम बन्नेछ । आय आर्जनमा सुधार आउनेछ । अदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पदोन्नतीको सम्भावना प्रवलछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ अलंकारको प्राप्ति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) न्यायिक कार्यमा सफलता मिल्नेछ । खानपिन समारोहमा सहभागी भइएला । सजिलै अरुको विश्वास जित्न सकिनेछ । अचल सम्पत्ति हात पर्ने योगछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मान प्रतिष्ठामा बृद्धि होला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । प्रेममा सफलता पाइनेछ । पारिवारीक सुख मिल्ला । रोकिएको धन पाइएला ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अरुलाई प्रभावित पारेर काम बन्नेछ । स्वादिष्ट भोजन पाईनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । घुमघाम र भेटघाटको समय छ । ( ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रोबाट