काठमाडौं। मासु प्राणीहरूका मांसपेशीहरूलाई भनिन्छ। जसको सेवन भोजनको रूपमा पनि गरिन्छ। मासु प्रोटीन, वसा र खनिजको एउटा गतिलो र राम्रो श्रोत हो।
सबै पशुहरू र वनस्पतिहरूबाट प्राप्त भोजनहरूमा, मासुलाई सबैभन्दा उत्तम र सबैभन्दा अधिक विवादास्पद खाद्य पदार्थ पनि मानिन्छ।
पोषणको दृष्टिले मासु एक पोषाहार हो त्यहीं विभिन्न धर्म यसको सेवनसित आफ्ना अनुयायीहरूलाई टाडा रहने सल्लाह दिन्छन्। जो पशु पूर्ण रूपले आफ्नो भोजनको लागि मासुमा निर्भर हुन्छन् तिनलाई मांसाहारी भनिन्छ, यसको विपरीत, वनस्पति खाने पशुहरूलाई शाकाहारी भनिन्छ। जो वनस्पति साना जीवहरू र किराको सेवन गर्दछन् मांसभक्षी पादप भनिन्छ।
ताजा र स्वस्थ पक्षी तथा जनावरको मासु खानुपर्ने कुरामा सम्झौता गर्नुहुँदैन । तर, सेतो र रातो दुई प्रकारका हुन्छन् । रातो र सेतो मासुबारे विज्ञहरुले यसरी स्पष्ट पारिएका छन् ।
मासु भिटामिन, प्रोटिन र मिनरल्सको प्रमुख स्रोत हो । यस्ता तत्व रातो मासुमा धेरै पाइन्छ भने सेतो मासुमा कम हुन्छ ।चारखुट्टे जीवको मासु रातो मासुमा पर्छ भने कुखुराको सेतो मासु हुन्छ ।
चिल्लोको मात्रा रातो मासुमा अत्यधिक हुन्छ । सेतो मासुमा फ्याट कन्टेन्ट निकै कम हुन्छ । यसकारण स्वास्थ्यका हिसाबले रातो मासुभन्दा सेतो मासु खानु ठीक हुन्छ ।
रातो मासुले रगत बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ । तर रातो मासुमा हुने ‘हेन’ नामको आइरनले ग्यास्ट्रिक, अल्सर र क्यान्सर निम्त्याउन भूमिका खेल्ने ‘हेलिकोब्याक्टर पाइलोरी’ ब्याक्टेरिया बढाउँछ ।
रातो मासुमा हुने बोसो स्याचुरेटेड फ्याट्टी एसिड हो । यसमा कोलेस्ट्रोलको मात्रा बढी हुन्छ । त्यसैले रातो मासुले मुटुसम्बन्धी रोगलाई बढावा दिन्छ ।
कोलेष्ट्रोल तथा मुटुको समस्या कम गराउनको लागी सेतो मासु उपभोग गर्न डाक्टरहरुले सल्लाह दिन्छन् । सेतो मासुमा ग्लाइकोजन (Glycogen) हुने हुनाले ग्लुकोज साइकन बनाउन मद्दत पुर्याउछ ।