काठमाडौं, २६ चैत
युवा अवस्थामा केश झरेर धेरै मानिसहरुलाई चिन्तित बनाएको छ।युरोपेली प्रकारको केश एसियाली र अफ्रिकी प्रकारको भन्दा पहिला झर्न थाल्छ।
युरोपेली प्रकारको केश भएका आधाजति पुरुषको केश ५० बर्ष पुग्दा झरिसक्छ।महिलाहरुमा अलिपछि झर्छ। त्यसले तालुको माथिल्लो भाग बढी प्रभावित भएको देखिन्छ।हामी जन्मँदा शिरमा १ लाख जति रौं हुन्छन् र प्रत्येक दिन १०० वटा जति झर्छन् ।
हस्पिटल अफ सेन्ट जोन एण्ड सेन्ट एलिजाबेथकी डाक्टर भिकी जोलिफ भन्छिन्- ‘धेरे केश झर्दा मानिसमा मानसिक तनाव सिर्जना हुन्छ।धेरै व्यक्तिहरुलाई आफ्नो केश झर्नु सामान्य हो भन्ने थाहा हुन्छ।वास्तवमा बर्षभरिमा केश झर्ने क्रममा केही तलमाथि हुन्छ।यदि केश झर्ने क्रम १-२ महिनाभन्दा बढी चलेको छ भने र त्यसबाट चिन्तित भइएको छ भने चिकित्सकसँग सल्लाह गर्नु र रक्तपरीक्षण एवं अरु जाँच गराउनु उचित हुन्छ।केश झर्नुको कारण पत्ता लगाउनु पर्छ र यथासम्भव उपचार गर्नुपर्छ ।’
फलामको मात्रा कम भए त्यसलाई पूरा गर्नुपर्छ र थाइराइडको मात्रा पनि सामान्य हुनुपर्छं।तालुको छालामा समस्या छ भने उचित हेरविचार पुर्याउनुपर्छ। केश झर्ने समस्याले पीर परेको छ भने हाम्रो केश बढ्ने र झर्ने एउटा चक्र हुन्छ। बढ्ने चरण ३ देखि ५ बर्षको हुन्छ। त्यसपछि विश्रामको र झर्ने चरण १०० दिनजति चल्छ। यो चक्र बिथोलियो भने केश झर्ने चरणमै अलमलिन्छ ।
चिकित्सकसँग परामर्श गरेर रक्तपरीक्षण गराएर आवश्यक परे तालुमा सतहमा स्टेरोइड मलहम लगाउन थाल्नु श्रेयस्कर हुन्छ।चिकित्सकले केश बढ्न सहयोग गर्ने मिनोक्सडिल जस्ता औषधी पनि दिन सक्छन्। यदि जटिल समस्या छ भने वा गरिएका उपायले काम गरेन भने चर्मरोग विशेषज्ञ परामर्श गर्न परामर्श गर्नुपर्छ । डाक्टर भिकी जोलिफले सुझाव दिइन्