म्याड्रिड, २६ चैत
क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडका लागि लगातार १० खेलमा गोल गरे पनि म्याड्रिड डार्बीमा एथ्लेटिको म्याड्रिडसँग बराबरीमा रोकिएको छ ।
रोनाल्डोले पछिल्लो पटक फेब्रुअरी ३ मा रियलका लागि गोल गर्न असफल भएका थिए ।
खेलमा रियलले राम्रो अवसरहरु सृजना गरेको थियो । खेल गोलरहित अवस्थामा रहँदा मार्को असेन्सियो र मार्सेलोको प्रहार पोष्टमा लागेको थियो ।
खेलको दोस्रो हाफमा गेराथ बेलको क्रसमा गोल गर्दै रोनाल्डोले रियललाई अग्रता दिलाए पनि लगत्तै एन्टोनियो ग्रिजमानले गोल गर्दै खेल बराबरी भए ।
पोर्चुगिज खेलाडीले पछिल्ला १४ खेलमा रियल र पोर्चुगलका लागि २६ गोल गरेका छन् भने यो सिजन रियलका लागि ३७ खेलमा ४० गोल गरेका छन् ।
बराबरी पछि एथ्लेटिको रियलभन्दा चार अंकले अघि रहेको छ तर शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ११ अंकले पछि परेको छ ।
नतिजापछि रियल लिगको चौँथो स्थानमा खस्केको छ ।
भ्यालेन्सियाले एस्पानियोलाई १–० गोलअन्तरले पराजित गर्दै रियललाई उछिनेर तेस्रो स्थानमा उक्लिएको छ ।
रियलको ६४ अंक रहँदा भ्यालेन्सियाको ६५ अंक रहेको छ । एजेन्सी