काठमाडौं २७ चैत: मन्त्री भएका सांसदका नाममा संसद् सचिवालयको आर्थिक प्रशासन शाखामा बेरुजु देखिएको छ ।
शाखाले केही मन्त्रीले हिसाब मिलाउने नगरेको जनाएको छ । शाखाका लेखापाल वैकुण्ठ उदासले मन्त्रीहरूले सांसदबापत पाएको रकम फिर्ता गर्नुपर्ने जनाएका छन् ।
सांसदलाई खातामा पैसा हालिदिने गरेका छौँ तर मन्त्री भएपछि प्रधानमन्त्री कार्यालयबाट तलब पाउनुहुन्छ, उदासले भने सांसद भएर मन्त्री नहुँदा जति दिनको बढी पैसा गएको छ फिर्ता माग्छौँ ।यो समाचार आजको नेपाल समाचारपत्रले छापेको छ ।