काठमाडौं २७ चैत: नेपालको संविधान बमोजिम दूरगामी सोचसहितको योजना तर्जुमा एवं कार्यान्वयन गर्ने जनाउँदै सरकारले २८ फागुनमा राष्ट्रिय योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश, २०७४ जारी गर्यो ।
यो आदेश कार्यान्वयन गर्न आयोगले नै निर्देशिका, कार्यविधि, मापदण्ड र दिग्दर्शन लागु गर्नुपर्छ ।
तर, फागुन ६ गतै नै अघिल्लो सरकारले नियुक्त गरेका पदाधिकारीले राजीनामा दिएपछि नयाँ सरकारले हालसम्म आयोगलाई पूर्णता नदिँदा आदेश कार्यान्वयन नै सुरु भएको छैन ।
आगामी आर्थिक वर्ष २०७५, ०७६ का लागि संघीय बजेट तर्जुमाको काममा निकै व्यस्त हुनुपर्ने आयोग पदाधिकारीविहिन हुँदा बजेट छलफल नै प्रभावित भएको छ । यो समाचार आजको कारोवारदैनिकले छापेको छ ।