काठमाडौँ । यस सिजनको आइपिएलमा सनराईजर्स हैदरावादले विजयी सुरुवात गरेको छ ।
गएराती भएको खेलमा राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गर्दै हैदरावादले यस सिजनको विजयी सुरुवात गरेको हो ।
राजस्थानले दिएको १२६ रनको लक्ष्यलाई हैदरावादले १५.५ ओभरमा केवल एक विकेट गुमाउदै पुरा गरेको थियो ।
सनराइजर्स हैदरावादका लागि शिखर धवनले सर्वाधिक ७७ रन नटआउट बनाएका थिए भने कप्तान केन विलियमसनले नटआउट ३६ रन बनाएका थिए । राजस्थानका जयदेव उनदकान्तले एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउदै केबल १२५ रन बनाएको थियो ।
राजस्थानका लागि संजु सामसनले सर्वाधिक ४९ रन बनाए भने श्रेयास गोपालले १८ र राहुल त्रिपाठीले १७ र कप्तान आजिख्य रहानेले १३ रनको योगदान दिएका थिए ।
राजस्थानका लागि सकिब अल हसन र सिद्धार्थ कुलले २-२ विकेट लिए भने भुवनेस्वर कुमार, राशिद खान र बिलि स्टानलेकले एक एक विकेट लिएका थिए ।
७७ रन नट आउट बनाएका सनराइजर्सका शिखर धवन खेलको म्यान अफ द म्याच बनेका थिए ।
आइपिएल अन्तर्गत आज एउटा खेल हुदै छ । नेपाली समय अनुसार साँझ सवा ८ बजे चेन्नई सुपरकिंग्स र कोलकोता नाइटराइडर्सका बीच खेल हुदै छ ।