काठमाडौँ, चैत २७
नेपाली चलचित्र ‘प्रसाद’ निर्माणको घोषणा निर्माण गरिएको छ । दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्रमा विपीन कार्की र नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहने छन् ।
चलचित्रको मुख्य कथाको रुपमा निःसन्तानका कारण श्रीमान र श्रीमति बीचमा आउने असमजदारी अविश्वास तथा मानसिक द्दन्द्द र सामाजिक मूल्य मान्यता रहेको निर्देशक राउतले बताएका छन् ।
यो चलचित्रको कथा लेखन पत्रकार शुसिल पौडेलले गरेका हुन् । चलचित्रको छायांकन वैशाख पहिलो साताबाट शुरुहुने निर्देशक राउतले बताएका छन् ।