ने.वि.संघ पुर्वाञ्चल विश्वविद्यालय अध्यक्षमा लोकेन्द्र भण्डारी निर्वाचित



काठमाडौं, २८ चैत ।

नेपाल विद्यार्थी संघ पुर्वाञ्चल विश्वविद्यालयले आज एक भव्य कार्यक्रमका बिच नयाँ नेतृत्व चयन गरेको छ । काठमाडौंको तीनकुनेको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रमबाट नयाँ कार्यसमिति चयन गरेको हो ।

पछिल्लो समय संगठनमा देखिएको टिके प्रथाको अन्त्य गर्दै, ने. वि. संघका अधिकांश पदाधिकारी र पुर्वाञ्चल विश्वविद्यालयका उल्लेखनीय विद्यार्थीको उपस्थितिमा लोकेन्द्र भण्डारीको नेतृत्वमा १०१ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मतमा चयन गरेको छ ।

कार्यक्रममा विश्वविद्यालयका निवर्तमान अध्यक्ष साथै ने.वि. संघका केन्द्रीय सदस्य उज्ज्वल राम घिमिरेले माईन्युट बुक हस्तान्तरण गर्दै बधाई दिनुका साथै साथै बिद्यार्थी, विश्वविद्यालय र ने. वि. संघ बिच समन्वयकारी भूमिका निर्वाह गर्न सेतुको रुपमा काम गर्न सफल होस् भनी नवगठित कार्यसमितिलाई शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्