बुटवल, २८ चैत्र २०७४
रोटरी क्लव अफ बुटवलको वर्ष २०१८/१९ का लागि प्राज्ञीक व्यक्तित्व रोटरीयन नारायण प्रसाद पन्थको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । पन्थ यसअघि क्लवको प्रेसिडेण्ट ईलेक्ट थिए । त्रिभूवन विश्वविद्यालयमा उपप्राध्यापक रहनु भएका पन्थ रुपन्देहीका दुई दर्जन बढि सामाजिक संघ संस्थामा आवद्द छन् ।
पन्थले नेतृत्व गरेको क्वलको निर्वतमान अध्यक्षमा राजेन्द्र लम्साल, निर्वाचित अध्यक्षमा डिल्ली कुमार श्रेष्ठ, मनोनित अध्यक्षमा सुनिल श्रेष्ठ, उपाध्यक्षमा डा. तारा प्रसाद उपाध्याय, सचिवमा दया भण्डारी रहेका छन । त्यसैगरी कोषाध्यक्षमा यदुनाथ पाण्डे, सहसचिवमा रोमनाथ शर्मा, सह कोषाध्यक्षमा रामवहादुर भण्डारी रहेका छन् ।