अनुपमा खुँजेली बनिन् वाणिज्य बैंककी पहिलो महिला सिइओ



काठमाडौं ३० चैत: अनुपमा खुँजेली मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत ‘सिइओ’ नियुक्त भएकी छिन् । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले २ वैशाखदेखि लागू हुने गरी खुँजेलीलाई सिइओ नियुक्त गरेको हो । क वर्गको वाणिज्य बैंककी सिइओ नियुक्त हुने खुँजेली पहिलो महिला हुन् ।

अनुपमा खुँजेली

सन् १९९१ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक ‘तत्कालीन ग्रिन्डलेज बैंक’बाट करिअर सुरु गरेकी खुँजेली नबिल बैंक हुँदै मेगा बैंकमा पुगेकी थिइन् । तत्कालीन सिइओ अनिल शाहले दुई कार्यकाल समाप्त गरी मेगा बैंक छाडेपछि सञ्चालक समितिले उनलाई २३ मंसिरदेखि लागू हुने गरी कामु सिइओमा नियुक्त गरेको थियो । त्यसको चार महिनापछि उनी पूर्ण सिइओमा नियुक्त भएकी हुन् ।

यसैबीच माछापुच्छ्रे बैंककोे प्रमुख कार्यकारी अधिकृत ‘सिइओ’मा सुमन शर्मा नियुक्त भएका छन् । २८ चैतमा बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई सिइओमा नियुक्त गरेकोहो । २१ बर्षको बैंकिङ अनुभव भएका शर्माले नेपाल एस।वि।आई। बैंकबाट बैंकिङ सुरु गरेका थिए ।

शर्माले एन।एम।बि। बैंक र माछापुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा काम गरेका थिए । माछापुच्छ्रे बैंकमा समेत करीब ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए ।

नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् । शर्मा महेन्द्र विद्याभुषण ‘२०५४०, महेन्द्र विद्याभुषण ९२०६२’, तारापद चौधरी पदक जस्ता थुप्रै पदकबाट सम्मानित भएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्