पुर्वसांसदले ऐनविपरीत पैसा लिए



काठमाडौं ३० चैत: अघिल्लो संसद्का सांसदहरूले ऐनविपरीत ४ करोड ९१ लाख ११ हजार रुपैयाँ लिएको पाइएको छ । संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन लागु हुनु अगावै पुर्ववर्ती संसद्का सांसदहरूले बढाएर सुविधा लिएका हुन् ।

महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७३, ७४ को वार्षिक प्रतिवेदनमा उक्त तथ्य उल्लेख छ ।

२०७३ साउन १ बाट नै सांसदले बढेको सुविधा लिन गलेका हुन् तर, २०७३ पुस ७ गतेमात्र सुविधा वृद्धिसम्बन्धी ऐन राजपत्रमा प्रकाशित भएको थियो ।

पुरानो कानुन्अनुसार नै सांसदहरूले दैनिक बैठक भत्ताबापत दुई सय, आवास भत्ताबापत मासिक ६ हजार ५ सय र परिबहन भत्ताबापत दैनिक १५० पाउँथे ।

सांसद्ले नयाँ ऐन कार्यान्वयन नहुँदै त्यसमा व्यवस्था भयबमोजिमको दैनिक बैठक भत्ता १ हजार, परवहनभत्ता १ हजार र आवसभत्ता मासिक १८ हजार रुपैयाँ अग्रिम रूपमा लिएको प्रतिवेदनमा उल्लेख छ । यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्