योजना आयोगको उपाध्यक्ष को बन्ला ?



काठमाडौं ३० चैत: बजेट तर्जुमाका लागि कानुनतः गठित मुख्य संस्थागत निकाय बजेट समितिको अध्यक्ष नै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष रहने प्रावधान छ। आयोगका उपाध्यक्ष, अध्यक्ष र सदस्यहरु नै सदस्य रहने सो समिति नै यतिखेर प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको छैन भने त्यसलाई सघाउने स्रोत समितिले पनि पदाधिकारी अभावमा आफ्नो काम प्रभावकारी रुपमा अगाडि बढाउन सकेको छैन ।

नेतृत्वविहीन आयोगमा जान दर्जनौंले आकांक्षा देखाएका छन् । एक उपाध्यक्ष र चार सदस्य गरी पाँच जनाका लागि नियुक्ति लिन दर्जनभन्दा बढी व्यक्ति दौडधुपमा लागेका हुन् ।

उपाध्यक्षका लागि डा. डिल्ली खनाल, डा. पुष्प कँडेल, डा. दिनेशचन्द्र देवकोटा, डा. गोविन्द नेपालहरु दौडधुपमा छन् । उनीहरुमध्येबाटै एक जना उपाध्यक्ष बन्ने बताइएको छ । यसैगरी सदस्यहरुका लागि सुनिलबाबु श्रेष्ठ, सुमित्रा अमात्य, गीताभक्त जोशी, चन्द्रकान्त पौडेल, गुप्तबहादुर श्रेष्ठ, डा. खिमलाल देवकोटालगायत १५ जनाभन्दा बढी योजना आयोगको सदस्य बन्न दौडधुपमा लागिरहेका छन्। यो समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्