पुने, ३० चैत
चेन्नाई सुपर किङ्सका भरपर्दा ब्याट्सम्यान सुरेश रैनाले चोटका कारण दुई खेल गुमाउने भएको छ। पिंडौलाको चोटका कारण रैनाले दुई खेल गुमाउने भएका हुन् । आइपिएलमा कोलकता नाईट राइडर्सविरुद्धको खेलका दौरान उनलाई चोट लागेको थियो ।
raina
मंगलबार भएको खेलको १० औं ओभरमा सुनिल नारिनको ओभरमा १ रनका लागि दौडिएपछि रैनालाई चोटका कारण संघर्ष गर्नुपरेको थियो । त्यो खेलमा रैना १२ बलमा १४ रन बनाउँदै आउट भएका थिए।
रैनाको चोटले चेन्नाईलाई मिडल अडरमा थप समस्या पर्न सक्नेछ । केदार जाधब यसअघि ह्यामस्ट्रिंगका कारण पुरै सिजन गुमाउने पक्का भएपछि रैनाको चोटले चेन्नाईलाई थप समस्यामा पारेको हो । (एजेन्सी)