नयाँ वर्षको अवसरमा लायन्स क्लबको सरसफाई सम्पन्न



काठमाण्डौ, १ बैशाख २०७५

नयाँ वर्षको अवसरमा लायन्स क्लब अफ काठमाण्डौ प्रभु आर्टीले चावहिल तथा सिफल आसपासका क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । काठमाण्डौ महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष शुद्ध डंगोलको प्रमुख आतिथ्य र क्लबका अध्यक्ष जस्मिन श्रेष्ठ, सदस्यहरु साथै अनेरास्ववियु पशुपति क्याम्पसका विधार्थीहरुको पनि उल्लेख्य सहभागितामा सम्पन्न भएको जानकारी अनेरास्ववियु पशुपति क्याम्पसका नेता विज्ञान दाहालले बताए ।

सरसफाई पछि नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रम पनि भएको थियो । उक्त कार्यक्रम सुजन गिरिले संचालन गरेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्