कौसिमा कुरीलो खेती कसरी गर्ने ?



कुरिलो एक बहुवर्षीय तरकारी बाली हो । यसको खेती न्यानो र समशितोष्ण हावापानी भएको खासगरी मध्य पहाडी क्षेत्रमा सफलतासाथ गर्न सकिने भएको हुँदा मध्य पहाडी क्षेत्रको सामुदायीक बन, निजी बन तथा कृषकले आफनो पाखा पखेराहरूमा व्यावसायिक रुपमा कुरीलो खेती गरी अतिरिक्त आम्दानी गर्न सक्ने राम्रो देखिएको छ । यसको जमिनवाट निस्केको कलिलो टुसालाई तरकारीको रुपमा प्रयोग गरिन्छ ।

कुरिलोको भाले र पोथी फूल भिन्दा भिन्दै बोटमा हुने भएकोले यिनीहरूको पराग सेंचनको लागि भाले र पोथी विरुवा एकै ठाउँमा पर्ने गरी मिलाएर लगाउनु राम्रो हुन्छ । पोथी बोट भाले बोट भन्दा कम उत्पादनशील र छोटो आयुको हुन्छन् । भाले बोटमा धेरै टुसाहरू पलाउँछन् । तर तिनीहरूको मोटाई भने कम हुन्छ । कुरिलो लगाएको ३ वर्ष पछिबाट मात्र उत्पादन लिनु उपयुक्त हुन्छ र एक पटक लगाए पछि राम्रो हेरचाह, गोडमेल, मलजल गरेमा लगातार १५–२० वर्षसम्म बाली उत्पादन लिन सकिन्छ ।

कुरिलोमा पाईने पौष्टिक तत्व र यसको उपयोग :

कुरिलोमा चिल्लो पदार्थको अंश नभएको हुँदा यसलाई कोलेष्टोल र सोडियम तत्व नभएको भिटामिन ए, तथा सि प्रशस्त मात्रामा भएको उपयोगी खाद्य पदार्थको रुपमा लिने गरिन्छ । यको प्रयोग सुप तथा तरकारीको रुपमा, हरियो तथा बफाईएको कुरिलो सलादको रुपमा उपयोग गरिन्छ ।

हावापानी : यसको खेती न्यानो र समशितोष्ण हावापानी भएको खासगरी मध्य पहाडी क्षेत्र पूर्वको ईलामदेखि पश्चिमको डडेलधुरा वैतडी सम्म सफलतापूर्वक गर्न सकिन्छ । तुषारो पर्ने क्षेत्र खेतीको लागि उपयुक्त मानिदैन । कुरीलोको लागि हिउँदमा चिसो तथा बसन्तमा न्यानो हावापानी राम्रोमानिन्छ ।

सामन्यतया माटोको तापक्रम १० डि.से. भन्दा कम हुनु राम्रो मानिन्छ र हिउँदमा विरुवा सुशुप्त अवस्थामा जानै पर्दछ । खासगरी १५-२५ डि.से. तापक्रममा कुरिलोको टुसा राम्रोसंग पलाँउछ । गहिरो खुकुलो निकासको राम्रो ब्यवस्था भएको वलौटे दुमट माटो हुनुपर्दछ । प्राङ्गारिक पदार्थ प्रशस्त भएको वेश हुन्छ । माटोको पि.एच.६ देखि ७.५ सम्म राम्रो कुरिलोको जरा धेरै गहिरोसम्म जान्छ । राम्रो माटोमा ८ फिट मुनिसम्म पुग्न सक्छ ।

माटो : कुरिलोको जरा धेरै गहिराईसम्म जाने भएको हुँदा प्रांगारीक पदार्थयुक्त, गहिरो, खुकुलो, निकासको राम्रो व्यवस्था भएको बलौटे दोमट माटो कुरिलो खेतीको लागि राम्रो मानिन्छ । खुकुलो माटोमा कुरिलोको जरा ८ फीट गहिराईसम्म पुग्दछ । माटोको पी।एच। ६-७.५ सम्म राम्रो मानिन्छ ।

कुरिलोको बृद्धि विकास :

(क) मुनाको विकास कुरिलोको जमिन मुनिको भागमा गानो चिल्लो जरा र रेशादार जराहरू हुन्छन् । रेसादार जराहरूले माटोवाट लवण र पानी सोस्दछन् भने चिल्लो जराहरूले खाद्यपदार्थ संचित गर्ने गर्दछन् । यसरी गानो र चिल्लो जरामा खाद्यपदार्थ सञ्चित हुन गई कुरिलोको वहुवर्षिय अंग वन्न जान्छ ।

(ख) टुसाको विकास कुरिलोको टुसा खानयोग्य भाग हो । यसमा आंख्ला (Node) र अन्त्तर आँख्ला (Inter Nodel) हुन्छन् । जुन अघिको वर्षको गानोको मुनाबाट विकसित भै आएको हुन्छ । माथिल्लो आँख्लामा पातलो कत्ला भै पातले छोपिएर टुप्पो जस्तो देखिन्छ । गर्मी समयमा टुसाको वृद्धि चाँडै हुन्छ तर स्वादमा कमी आउँछ । जाडो समयमा रेसादार पदार्थमा वृद्धि हुनाको साथै Anthocyanin नामक रंगको उत्पादन भई टुसामा अनावश्यक वैजनी रंग देखा पर्दछ । कसिलो मोटो तथा कम रेसादार भएको टुसा राम्रो मानिन्छ ।

(ग) वोटको विकास टुसा यदि टिपिएन भने ४–५ फिट अग्लोसम्म बढदछ् र हाँगाहरू विकसित हुन्छन् । यी हाँगाहरूमा पानी अरु हागाहरू विकसित हुन्छन् । दोश्रो तहको हाँगाहरूवाट पात निस्कन्छन् । फूल साना घण्टी आकारका सेता रंगका हुन्छन् । पोथी फूलहरू भाले फूलहरू भन्दा ठूला हुन्छन् । फल पाकेपछि राता, साना हुन्छन् ।

उन्नत जातहरू

नेपालमा कुरिलो खेतीमा अनुसन्धान कार्य नभएकोले यहाको विविध हावापानी तथा भौगोलिक अवस्था सुहाउँदो जातहरूको विकास एवं छनौट भएको पाईदैन । व्यावसायीक रुपमा खेती गर्नको लागि केही बिदेशी जातहरू जस्तो मेरी वासिंटन, क्यालिफोर्निया ६६, क्यालिफोर्निया ७११, क्यालिफोर्निया ५००, भाईकिड जातहरू बढी प्रचलनमा आएका छन् ।

कुरिलोको सिन्दुरे ढुसी (Puccnia asparagi) : बिरुवाहरू पूरै रातो, खैरो वा सुन्तला रंगको नभएसम्म जारी रहन्छ । यी पछि गएर काला हुन्छन्।

नियन्त्रण : साना पातहरू खस्नुअगाडि डाँठहरूलाई काट्ने । काट्ने काम माथि देखि तलसम्म नै गर्नुपर्छ, जसले गर्दा रोगी भागहरू रहन पाउँदैनन्। काटिएका रोगी बोटहरू तुरुन्तै जलाइदिनुपर्छ । मल बनाउँदा तीतेपाती, अँसुरो, निम–बकाइनो आदिको प्रयोग गर्न सके यो रोगको नियन्त्रण गर्न सकिन्छ । गाईको गहुँत प्रयोग गर्दा पनि यो रोगका सजिलै नियन्त्रण गर्न सकिन्छ ।

कुरिलो ओइलाउने नियन्त्रणः यो ढुसी रोग (Fusarium) लागेको ठाउँमा कुरिलो खेती गर्नु हुँदैन । बेर्ना सारेको १ महिनापछि र खाने कुरिलो उत्पादन नहुँदै पोलिराम भन्ने विषादी १ लि. पानीमा घोलि छर्नाले रोग लाग्नबाट बचावट हुन्छ । कुरिलो टुसा आएपछि विषादी छर्नु हुँदैन।

कुरिलोको लाहीः पानीको फोहोराले हानेर अथवा साबुन पानी छ्यापेर पनि नियन्त्रण गर्न सकिन्छ ।

खपटे कीराः झार, फोहर, जाडोमा सुकेका बोटहरू हटाउने जसले गर्दा यसकोनियन्त्रणमा सहयोग पुग्दछ ।

झुसुले कीराः रोगोरइन विषादी १ लिटर पानीमा २ मि.लि. राखी छर्नाले नियन्त्रण हुन्छ । तर कुरिलोको टुसा (मुना) नआएको बेलामा मात्र छर्नुपर्छ । विषादी छरेपछि १० दिनसम्म कुरिलोको टुसा झिकी खान, बजारमा लगी बिक्री गर्न हुँदैन, त्यसपछि मात्र टुसा बजारमा लगी बिक्री वितरण गर्न उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्