काठमाडौं ३ चैत: भोटेकोसी किनारको सुकुटे बीच र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध अनौठो छ । राजनीतिक तनाव भयो कि, दाहाल रिफ्रेस हुनु हरेक पटक सुकुटे पुग्ने गर्छन् । यस पटक पनि दाहाल तनाव साम्य पार्न आइतबार सकुटे पुगेका हुन् ।
पुर्वनिर्धारित सहमतिअनुसार राजनीतिक गतिविधि अघि बढे एमाले माओवादी बिचको पार्टी एकता हुन एक साता मात्रै बाँकी छ । एकतामा जानै लाग्दा दाहालमाथि आफ्नै पार्टीभित्र नेताको दबाब तीव्र छ ।
एकीकरण हुँदा सैद्धान्तिक रूपमा आत्मसमर्पण भएको नदेखियोस् भन्ने पक्ष छँदै छ, माओवादी केन्द्रका एक उच्च नेताका अनुसार दाहाललाई यतिेला सबैभन्दा ठुलो दबाब नेता व्यवस्थापनमा परेको छ ।
उच्च स्रोतका अनुसार एमालेसँग पार्टी एकतापछि केन्द्रीय तह सानो हुने भएपछि आफुलार्य कुनै पनि हालतमा केन्द्रीय तहमा पार्न नेताले दाहाललाई तीव्र दबाद दिइरहेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्टले छापेको छ ।