अदालतले नै भेटेनन् महान्यायाधिवक्ताको घर



काठमाडौं ३ वेशाख: साइबर क्राईम सम्बन्धी एक मुद्धामा प्रदेश २ का महान्याधिवक्ता दीपेन्द्र झाको घर ठेगाना फेला नपरेको भन्दै अदालतले ललितपुर महालक्ष्मी नगरपालिका ५ को कार्यालयमा लगेर म्याद टाँसेको छ ।

काठमाडौं जिल्ला अदालतको पत्र अनुरूप ललितपुर जिल्ला अदालतका तामेलदारले वडामा लगेर म्याद टाँसेका हुन् । उत्तः जानकारी आइतबारै ललितपुरे काठमाडौं जिल्ला अदालतलाई दिएको छ ।

झालाई बयान र थुन छेक प्रयोजनका लागि हाजिर गराउने प्रयोजनको उक्त म्याद भने चैत १८ गते नै वाडामा टाँसिएको जानकारी तामलेदारले अदालतलार्य गराएका छन् । यो समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्