काठमाडौंका सडकमा जथाभाबी आन्दोलन गर्न नपाइने



काठमाडौं ३ वैशाख: विरोध प्रदर्शनका नाममा काठडमौंमा जथाभवी नारा, जुलुस धर्ना र भा जस्ता कार्यक्रम हुन थालेको भन्दै सरकारले त्यसका लागि निश्चित स्थान तोकेको छ । वैशाख १६ देखि लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले सहरका विभिन्न ७ स्थानमा मात्रै विरोध गर्ने स्थान तोकिदिएको हो ।

सडकमा विरोध प्रदर्शन हुँदा ट्राफिक जाम बढ्ने सवारी आवागमनदेखि महत्त्वपूर्ण कायृमा अवरोध हुने तथा अस्पताललगायत विभिन्न अत्यावश्कीय कार्यमा समेत बाधा पर्ने कारण देखाउँदै सरकारले विरोध प्रदर्शन गर्ने स्थान तोकिदिएको हो ।

आइतबार बसेको सुरक्षा समितिको बैठकबाट काठमाडौमा निषेधित क्षेत्र बढाउँदै सडकमा असर नपर्नेगरी खाली रहेका सात स्थानमा विरोध प्रदर्शन गर्न पाइने जनाएको हो । यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्