मेलम्ची खानेपानी आयोजनामा कानुविपरित ३० करोड भुक्तानी



काठमाडौं ३ वैशाख: मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा कानुनविपरित झन्डै ३० करोड रकम क्षतिपूर्ति दिइएको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५५ औँ वार्षिक प्रतिवेदन अनुसार मेलम्ची खोनपानी विकास समितिले ठेकेदार कम्पनीलाई कानुन्विपरित २९ करोड ७६ लाख रुपैयाँ क्षतिपूर्ति तिरेको हो ।

आयोजना निर्माणका क्रममा समितिले ठेकेदार कम्पनीलाई अहिलेसम्म एक खर्ब पाँ करोड ६६ लाख रुपैयाँ क्षतिपूर्तिबापत भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ । यसले राज्यलाई करोडौंँको भार परेको छ । यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्