भोजपुर, ३ वैशाख / एटम शर्मा
दोस्रो रेजिना रनिङ्ग शिल्ड प्रदेश १ अन्तर जिल्ला स्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि भोजपुरले चुमेको छ । संखुवासभा जिल्लामा अस्ति शुक्रबार सम्पन्न फाईनलमा घरेलु टिम संखुवासभालाई सोझो सेटमा पराजित गर्दै भोजपुरले सो उपाधि हात पर्न सफल भएको हो ।
विजेता भएको भोजपुरले नगद एक लाख सहित एक सय दस तोलाको चाँदीको शिल्ड हात पारेको छ भने उपविजेता बनेको संखुवासभाले नगद पचास हजारमा चित्त बुझाएको छ ।
फाइनल प्रवेश गरेको भोजपुरले सेमिफाईनालामा सुनसरीलाई र संखुवासभाले झापालाई पराजित गरेका थिए । सुनसरीलाई पराजित गर्दै झापा तेस्रो हुन सफल भएको छ ।
त्यसैगरी प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान ओगट्न सफल खेलाडीहरुलाई क्रमश ३ तोला, २ तोला र १ तोला चाँदीको मेडल समेत प्रदान गरिएको थियो ।