राष्ट्रपति पदकोलागि ट्रम्प अयोग्य: जेम्स कोमी



काठमाडौं, ३ चैत

अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआइका पुर्व निर्देशशक जेम्स कोमीले डोनाल्ड ट्रम्प राष्ट्रपति पदकालागि अयोग्य बताएका छन् । कोमीले महिलाहरूलाई अपमानजनक व्यवहार गर्ने भन्दै ट्रम्प राष्ट्रपति पदका लागि नैतिक रुपमा अयोग्य भएको बताएका हुन् ।

उनले राष्ट्रपति ट्रम्पले न्यायलाई अवरोध गरिरहेको केही प्रमाण निश्चित रुपमा रहेको उल्लेख गरेका छन् । ट्रम्पले ट्विटरमा कोमीको आलोचना गर्दै उनलाई ‘ठग’ र ’नराम्रो व्यक्ति’ भनेका छन् ।

कोमीले ट्रम्प राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न मानसिक रुपमा आयोग्य नभए पनि निरन्तरको झुठोपन र महिलाबारेका धारणाका कारण उनी असक्षम रहेको उल्लेख गरे । उनले ट्रम्पका लागि साँचो कुराले खासै महत्व नराख्ने टिप्पणी गरे । उक्त अन्तरवार्ता प्रशारण हुनुभन्दा घण्टौ अघि कोमीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका ट्रम्पले उनले ‘धेरै ढाँटेको’ उल्लेख गरेका थिए ।

उनले भने, ‘हाम्रा राष्ट्रपतिले यो देशका आधारभूत मान्यतालाई सम्मान र पालना गर्नैपर्छ । सबै भन्दा मूल कुरा सत्य हो । तर, राष्ट्रपतिले त्यसो गर्न सकिरहनु भएको छैन ।’ ट्रम्प र कोमीबीच लामो समययता द्वन्द्व चलिरहेको छ । कोमीले आफ्नो आत्मकथा प्रकाशनमा ल्याउन लागेपछि दुई बीचको विवाद अझ चुलिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्