काठमाडौं, ३ बैशाख
आज नेकपा एमालेले पार्टी स्थायी कमिटीको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साेमबार साँझ ५ बजेका लागि बैठक बोलाइएको कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
बैठकमा एमाले माओवादीबीच हुने भनिएको पार्टी एकता, सो क्रममा देखिएको सामान्य विवाद कसरी हल गर्ने भन्ने विषयमा छलफल केन्द्रीत हुने बुझिएको छ ।
एमालेले–माओवादी बीच चुनाव चिह्न, प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने–नराख्नेदेखि पार्टी एकतापछि बन्ने कमिटीमा कुन पक्षका कतिलाई सहभागिता गराउने भन्ने विषयमा विवाद छ ।
यसैबीच विवाद मिलाउने प्रयासस्वरुप एमाले र माओवादीका अध्यक्षबीच बालुवाटारमा ‘वान टु वान’ बैठक जारी छ । -रातोपाटी