हेर्नुस् हेटाैँडाबाट प्रदेश राजधानी जसरी पनि सारिन्छ : केशव स्थापित



काठमाडौं, ३ वैशाख

प्रदेश ३ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री केशव स्थापितले प्रदेश ३ को राजधानी कुनै हालतमा हेटौँडाबाट सारिने दाबी गरेका छन् ।

सोमबार ललितपुरमा आयोजित कार्यक्रममा स्थापितले प्रदेश ३ को लागि कुनै दृष्टिकोणले पनि हेटौँडा पायक नपर्ने भएकोले जस्तो सुकै संघर्ष गरेर भए पनि प्रदेश राजधानी सारिने बताएका छन् ।

कार्यक्रममा उनले एमालेकै कतिपय नेताहरु हेटौंडाबाट राजधानी सार्न हुन्न भन्ने मत राखे पनि आफ्नो त्यसमा सहमति नभएको बताए । ‘केही एमालेकै मान्छेले हेटौंटाबाट सार्न हुन्न भन्छन्, मैले सार्ने हैन अन्त तोक्ने हो’ उनले भने ।

अहिले आफूलाई मन्त्री भएजस्तोसमेत नलागेको भन्दै उनले गाडीमा झण्डासमेत नहालेको टिप्पणी गरे । मन्त्री स्थापितले प्रदेश ३ का जिल्लामा एक जिल्ला एक कार्यक्रम सुरु गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्