अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नयाँ वर्षको शुभकामना



काठमाडौं ४ वैशाख: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ वर्ष २०७५ का अवसरमा विश्वभरका नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्ष उत्साहप्रद र सुखद रहोस् भन्ने कामनासहित उनले नेपालको समृद्धि यात्रामा अमेरिकी सहकार्यको प्रतिबद्धतासमेत गरेका छन् ।

‘गत वर्ष नेपालले धेरै काम सम्पन्न गरेको छ । शान्ति र सफलतापूर्वक निर्वाचन सम्पन्न गरी समृद्धिका लागि अघि बढेको छ,’ ट्रम्पका तर्फबाट कार्यवाहक विदेशमन्त्री जोन जे. सुलिभानले जारी गरेको सन्देशमा उल्लेख छ ।

नयाँ वर्षमा नेपालको समृद्धि र विकासका लागि दुई देशबीच थप गहन सहकार्य हुने वक्तव्यमा उल्लेख रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । ट्रम्पले विश्वभर र अमेरिकामा रहेका प्रवासी नेपालीसमेतलाई सम्बोधन गर्दै नेपाली नयाँ वर्ष मनाउँदा अमेरिकी संस्कृति र समाजसमेत सम्मानित भएको उल्लेख गरेका छन् । यसअघि राजदूत अलैना वि टेप्लिट्जले पनि टिवटरमार्फत यस्तै शुभकामना सन्देश व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्