काठमाडौं ४ वैशाख: दुर्लभव वन्यजन्तु रेडपान्डा संरक्षणका लागि रसुवामा जन्मोत्सव मनाइएको छ । केक काटेर नौलो तरिकाले रेडापान्डाको जन्मदिन मनाइएको हो ।
वन्यजन्तु संरक्षणमा समेत हसयोग पुग्ने देखेपछि २०७२ सालदेखि रेडपान्डाको जन्मोत्सव मनाउने गरिएको हो ।
२३ औँ वज्यजन्तु सप्ताहको अवसरमा सञ्चालित नवौँ जिल्लास्तरीय रेडपान्डा ट्रफी भलिबल प्रतियोगिताका अवसरमा रसुवाका प्रदेश ख का सांसद प्रभात लामाले के काटेर खेल उद्घाटन गरे ।
रसुवा सदरमुकामा धुन्चेमा नवौँ रेडपान्डा ट्रफी भलिबल प्रतियोगता र छैटौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सव सञ्चालन गरिएको छ । यो समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।