क्याष्ट्रोको उत्तराधिकारी छान्न संसद आह्वान



हभाना, ४ वैशाख

क्युवाको सरकारले नयाँ राष्ट्रपति चयनका लागि संसदको बैठक आह्वान गर्ने निर्णय गरेको छ ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार यही अप्रिल १८ गतेदेखि बस्नेगरी संसद बैठक बोलाइएको छ ।

गणतन्त्र क्युवाको राज्यपरिषद्ले जनताको शक्तिको रूपमा जनताद्वारा निर्वाचित संसदलाई स्थापित गर्न सहमति दिएको छ ।

क्युवाको आधिकारिक रेडियो रेलोजले हवानामा रहेको सम्मेलन भवनमा संसदको बैठक बस्ने समाचार प्रसारण गरेको छ ।

नयाँ संसदको बैठकसँगै मुलुक नयाँ चरणमा प्रवेश गर्नेछ । लामो समयदेखि क्याष्ट्रो परिवारले नेतृत्व गरेको क्युवाको नेतृत्व अव फरक तरिकाले हुने भएको छ ।

नयाँ राष्ट्रपति चयन भएसँगै वर्तमान राष्ट्रपति राहुल क्याष्ट्रो शासन सत्ताबाट बाहिरिनुहुने छ ।

प्रतिक्रिया दिनुहोस्