अब प्रदेश १ मा विशेष कानून र नीति बनाइने छ : मुख्यमन्त्री राई



झापा, ४ वैशाख

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आदिवासी जनजातिको धर्म र संस्कार संरक्षणका लागि प्रदेश सरकारले विशेष कानून र नीति बनाएर अघि बढ्ने बताएका छन् ।

कचनकवल गाउँपालिकास्थित बनियानीमा सोमबार आदिवासी समाज विकास समितिले सिरुवा पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।

आदिवासी जनजातिको भाषा, संस्कृति, लिपि तथा रीतिरिवाज संरक्षण गर्न प्रदेश सरकार तत्पर रहेको बताउँदै अब सिरुवा पर्वमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने समेत जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्