रुपाकुमारी र पवनको अभिभावक प्रधानमन्त्री ओली



काठमाडौं, ५ वैशाख

प्रधानमन्त्री केपी ओलीले सिराहाका दुई बालबालिकालाई विद्यालय भर्ना गरेका छन् । मंगलबार सो जिल्लाको रामदुलारी मावि कल्यापुर पुगेर प्रधानमन्त्री ओलीले दलित बालबालिका रुपाकुमारी मण्डल(खत्वे) र पवन मल्लिक (डोम)लाई विद्यालय भर्ना गरेका हुन् ।

प्रधानमन्त्री ओलीले दुई बालबालिकालाई भर्ना गरेलगत्तै निरक्षरता उन्मुलनको यो अभियानमा सहभागी हुन सबैमा आग्रह गरेका छन् । आफ्नो ट्वीट अकाउन्टमा स्टाटस् लेख्दै प्रधानमन्त्री ओलीले निरक्षरता उन्मुलनमा आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन सबैमा अपिल गरेका हुन् । उनले भर्ना गरिएका दुई बालबालिकालाई काखी च्यापेको तस्विर समेत सार्वजनिक गरेका छन् । -रातोपाटी

प्रतिक्रिया दिनुहोस्