चिनियाँ उपराष्ट्रपतिसँग परराष्ट्रमन्त्रीको भेट



काठमाडौँ, ५ वैशाख

चीनको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज चीनका उपराष्ट्रपति वाङ क्विशानसँग शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आजै उहाँले आफ्ना समकक्षी वाङ यीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्