गोरखा । गोरखाको सुलिकोट गाउँपालिकामा नवजात शिशु र आमाका लागि सरकारले व्यवस्था गरेको न्यानो व्यागमा भ्रष्टचार भएको छ ।
नवजात शिशु र आमाको लागि आवश्यक ११ थरी कपडा भएको झोला खरीद गर्न सरकराले प्रति झोला १ हजार रुपैयाँका दरले बजेट गाँउमा पठाएको थियो ।
तर सुलिकोट गाँउपालिकाले प्रति व्याग सबै कर जोडेर ८ सय ९५ रुपैयाँ उपलब्ध गराउने कोटेशन माग गर्यो । सोही अनुसार काठमाडौको सितापाइला स्थीत माउन्टेन यति नामक कम्पनीले २ लाख ८७ हजारमा २ सय ९ ओट व्याग उपलब्ध गरायो पनि ।
तर जब भुक्तानीको सयम भयो सुलिकोट गाँउपालिकाका स्वास्थ्य विभागका कर्मचारी सत्यनारायण डगेरीयाले बार्गेेनिङ गर्न सुरु गरे ।
उनले टेण्डर बाहेक विना रसिद प्रती व्याग ९५ रुपैयाँ थप रकम दिनु पर्ने अडान राखे ।
यसपछि माउन्टेन यति कम्पनीका सञ्चालक अमृता ढकालले हामीलाइ सम्पर्क गरीन र हाम्रो टिम पैसा लिएर गोरखा बजार पुग्यौ । उनले गोरखा स्थीत सम्झना होटल एण्ड खाजा घरमा बोलाए । र रसीद दिन नमिल्ने बताए ।
यति गरेपछि मात्रै उनले भुक्तानी हुन बाँकी १ लाख ८७ हजार रुपैयाँको चेक दिए । उनि यो पैसा लेखापाललाई २/३ हजार र अडिटरलाइ ७/८ हजार जाने बताउँछन् । साथै जिल्ला जनस्वास्थ्यबाट आउदानै २०/२५ प्रतिशत खाएर आएको उति बताउँछन् । अझ उनी भन्छन् सरकारले केही गरिदिए त आँफुहरुले घुस खानु पर्दैन थियो । (साभार : न्युज 24)