काठमाडौं, ६ बैशाख
नेकपा (एमाले) सम्वद्ध युवा संघको अध्यक्षमा रमेश पौडेल चयन भएका छन् । बिहीबार बिहान सम्पन्न संघ केन्द्रीय कमिटिको बैठकले उपाध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष राजीव पहारी प्रदेशसभा सांसद भएपछि नयाँ नेतृत्व चयन गरिएको हो ।
रमेश पौडेल र नरेश शाही
युवा संघका अध्यक्ष राजीव पहारीले मंगलबार राजीनामा दिएपछि बुधबारको केन्द्रीय कमिटी बैठकले पौडेललाई अध्यक्ष र नरेश शाहीलाई महासचिवमा चयन गरेको हो । पहरी गत मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा अध्यक्ष पहारी प्रदेश ४ अन्तर्गत कास्की क्षेत्र नं ३ को (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि संगठनको जिम्मेवारी हस्तान्तरण गर्न राजीनामा दिएक थिए । ०७२ असोजमा संगठनको महाधिवेशन गर्ने जिम्मेवारी सम्हालेका पहारीले महाधिवेशनको समय दुई पटक तोकेर स्थगन भएको थियो ।
यसैगरी सचिवरूमा हस्त शाही, परशुराम बस्नेत, क्रान्ति बुर्लाकोटी लगायत कोषाध्यक्ष प्रभातविक्रम कटवाल उपाध्यक्ष भएका छन् । युवासंघमा एमालेको संस्थापन पक्षले माधव नेपाल पक्षलाई पनि समेटेको छ । माओवादीसँग पार्टी एकीकरण हुन लागेको बेलामा एमाले अध्यक्ष केपी ओलीले युवासंघमा सबैलाई समेटेका छन् ।
माधव नेपाल पक्षका नरेश शाहीलाई महासचिव बनाइएको छ भने उपाध्यक्षमा शाही र बुर्लाकोटी, सचिवमा दीपक जीएम, प्रदीप यादव लगायतलाई ल्याइएको छ ।
केन्द्रीय सदस्यमा पनि माधव नेपाल पक्षलाई ५० प्रतिशत स्थान दिइएको छ । माधव नेपाल पक्षलाई महासचिव नदिइएको भए समानान्तर कमिटी बनाउने तयारी भइरहेको थाहा पाएपछि संस्थापन पक्ष लचिलो भएको युवासंघका एक नेताले बताएका छन् ।
१) अध्यक्ष, रमेश पौडेल
२) उपाध्यक्ष, किरण पौडेल
३ उपाध्यक्ष, चन्द्र लामा
४ उपाध्यक्ष, गोबिन्द थापा
५ उपाध्यक्ष, हस्त साही
६ उपाध्यक्ष, क्रान्ति बुर्लाकोटी
७ उपाध्यक्ष, पर्शुराम बस्नेत
८ उपाध्यक्ष, प्रभात कटुवाल
९ महासचिव, नरेश शाही
१० सचिव, माधब बास्तोला
११ सचिव, वचन सिंह
१२ सचिव,राजेश साह
१३ सचिव, उर्मिला सुनुवार
१४ सचिव,अन्जना अधिकारी
१५ सचिव, पुर्ण लामा
१६ सचिव, हिमाल लिम्बू
१७ सचिव, दिपक जिएम
१८ सचिव, क्षेतिज थेबे
१८ सचिव, सन्तोष रावल
१९ सचिव, राजु कार्की
२० सचिव, ध्रुब यादब
२१ सचिव, सुरेन्द्र कार्की