स्वर्ण जिते भलिबल टोलीलाई जनही २ लाख



काठमाडौं, ६ वैशाख

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशव कुमार विष्टले नेपाली भलिबल टिमले बंगलादेशमा स्वर्ण जित्न सके जनही २ लाख नगदले पुरस्कृत गर्ने घोषणा गरेका छन् ।

चौथो एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिप खेल्न बंगलादेश प्रस्थान गर्न लागेका नेपाली टिमलाई बुधबार बिदाई गर्दै सदस्यसचिव विष्टले यस्तो घोषणा गरेका हुन् । ‘टिमले उपाधि जितेर फर्किएमा जनही २ लाख र उपविजेता भएमा १ लाखले पुरस्कृत गर्ने घोषणा गर्दछु ।’ सदस्यसचिव विष्टले भने ।

राष्ट्रिय खेल भएका नाताले राष्ट्रिय खेलकुद परिषदले भलिबललाई विशेष प्राथमिकतामा राखेको बताउदै सदस्यसचिव विष्टले ३१ वर्षपछि एशियाली खेलकुदमा पहिलोपटक भलिबललाई समावेश गरिएको भन्दै महिला टिमको सहभागिताका लागि पनि प्रयास भइरहेको जानकारी दिए ।उनले पुरुष र महिला टिम भनेर विभेद नगर्ने पनि बताए ।

नेपाली टोली

१ः इम रानामगर (कप्तान)
२. ३.कुल बहादुर थापा
३.मान बहादुर श्रेष्ठ
४.धनबहादुर भट्ट क्षेत्री
५.हरि अधिकारी
६. नरेन्द्र गिरी
७. दीपकराज जोशी
८.सुरेन्द्र बम
९.राजु थकाली शेरचन,
१०.ईश्वर थापामगर
११.विनोद चन्द
१२. दिनेश गिरी

राजु थकाली शेरचन, दीपकराज जोशी, सुरेन्द्र बम, विनोद चन्द र दिनेश गिरीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाउन सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्