फेसबुके प्रेमीले बन्धक बनाई सामूहिक बलात्कार



काठमाडौं ७ वैशाख: दुई वर्षसम्मको फेसबुक र फोनमा परेको लभ पछि रुकुमकी २७ वर्षीया एक युवती बाँकेको कोलहपुरका ३० वर्षीया तेजेन्द्र चिवारीसँग विवाह गर्न राजी भइन् ।फाेन र फेसबुकबाटै भाग्ने मिति तय भयो । तिवारी फागुन ४ गते युवतीलाई भगाउन रुकुम पुगे ।

तिवारीलाई कुरिरहेकी युवतीको राति १० बजे चौरजहारी बसर्र्पामा तिवारीसँग प्रत्यक्ष भेट भयो । फेसबुक र फोनमै सँगै जिउने र मर्ने कसम खाईसकेकाले त्यही राति उनीहरू भागेर सुर्खेत आइपुगे ।

१० दिन सुर्खेत र नेपालगन्जका होटेलमा बिताएपछि भारतको जुजरात पुगे । तिवारीले युवतीसँग चिनजान हुँदै आफू भारतीय प्रहरीको जागिरे रहेको बताउने गरेका थिए । गुजरात पुग्दासम्म तिवारस्ँग शङ्का गर्नुपर्ने कुनै ठाउँ थिएन ।

जब युती जुगारत पुगिन्, उनका कहालीलाग्दा दिन सुरु भए । जुजरात पुर्‍याएकै रातिबाट उनीमाथि सामूहिक बलात्कार हुन थाल्यो । होटेलको कोठामा बन्धक बनाएर ममाथि दैनिक बलात्कार हुन थाल्यो, युवतीले भनिन्, चिच्याउँदा मुख थुन्थे, मार्ने धम्की दिन्थे ।

युवतीका अनुसार दैनिक तीनदेखि छजनासम्म युवक आउँथे बलात्कार गरेर जान्थे, प्रतिकार गर्न खोज्दा धम्की दिन्थे । भाषा बुझिन्थ्यो । युवतीको चीत्कार आनेहरुले सुन्दैनन्थे । यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्