कौडीको भाउमा बहुमूल्य जडीबुटी



काठमाडौं ७ वैशाख: सदरमुकाम चैनपुरमा चिया पसल सञ्चालन गरिरहेका दुर्गाथली गाउँपालिका सैनपसलेका दिनेश धामीले एक महिनाअघि धनगढीबाट चियामा हाल्ने भारतीय मसलाको प्याकेट किने । एक सय रुपैयाँमा ५० ग्राम चिया मसला किनेका उनी प्याकेट खोल्दा छक्क परे ।

प्याकेटभित्र त काउलाको पातको धुलो पो रहेछ, जडीबुटी व्यवासायीसमेत रहेका उनले भने, हामीले प्रतिकिलो ३० रुपैयाँमा विक्री गरेको काउलोको पातको भुलो हामीलाई नै २ हजारमा विक्री गर्दा रहेछन् । म त छक्कै परेँ ।

आफूले अति सस्तोमा बेचेको काउलोको पातलाई धुलो पारेर विक्री गर्न सकियो भने कैयौँ गुणा बढी मूल्य पाइने देखेर उनलाई बजारमा राम्रै माग रहेको चिया मसला व्यवसाय गर्ने सुर चल्यो उनी यसको उधोग खोल्नेबारे सल्लाह लिन र आवश्यक पर्ने सीप प्रविधि सहयोगका लागि धरेलु तथा साना उधोग विकास समितिको कार्यालय पुगे । त्यहाँ उनले न सल्ला पाए न सीप र प्रविधिको सहयोग ।यो समाचार आजको कान्तिपुर दैनिले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्