मिलनबिन्दु खोज्दै ओली-प्रचण्ड



काठमाडौं ७ वैशाख: नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि सहमतिको मिलनबिन्दु पहिल्याउन थालेका छन् ।

Newly elected Prime Minister Pushpa Kamal Dahal, also known as Prachanda, (left) greets outgoing Prime Minister KP Sharma Oli (right) upon their arrival during the administers of oath of office to the newly-elected Prime Minister at the presidential building “Shital Niwas” in Kathmandu, on August 4, 2016. Photo: Reuters

मङ्गलवार एकता संयोजन समितिको बैठकले सहमतिका लागि दुवै अध्यक्षलाई जिम्मा दिएपछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुवै नेताबिच सहमति विन्दुको खोजी भएको छ ।

बैठक फेरि बस्ने गरी छलफल सकिएको सचिवालयले जनाएको छ ।

केन्द्रीय समितिको अनुपात मिलानउने विषयमा कुरा मिल्न नसकेको बताइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार निचोड नआएसम्म केही भन्ने अवस्था छैन । उनले भने, ‘सहमतिकै लागि नियमित वार्ता भएरहेका छ तर निचोड नआइ केही भन्ने अवस्था छैन।’ यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्