मान्छेका पुर्खा को थिए भन्ने बारे थुप्रै खोज अनुसन्धानहरू भएका छन्। उद्विकास सिद्धान्तले मान्छेका पुर्खा बाँदर थिए भन्ने कुरा किटानीसाथ भनिसकेको भए तापनि आजसम्म बाँदरबाट मान्छे भएको भने कसैले देखेको छैन।
यो लाखौँ करोडौं वर्षसम्म चलिरहने सतत प्रक्रिया अन्तर्गत घटित हुने घटनाक्रम भएकाले यसो भएको हो।
बाँदर भन्ने बित्तिकै मनमा यसका कयौं प्रजातिहरूबारे विचार आउनु स्वाभाविक नै हो। आखिर यी मध्ये कुन बाँदर होला त मानिसको पुर्खा?
कतिपय बाँदरहरूको मुखाकृति दुरुस्त मान्छे जस्तै हुने गर्दछ। तर चीनको एउटा चिडियाखानामा भने एउटा बाँदर भेटिएको छ जसलाई देख्ने बित्तिकै यो मान्छे नै पो हो कि भन्ने भ्रम समेत हुने गर्छ।
यहाँको टिआन्जिन जुलोजिकल गार्डनमा भेटिएको यो बाँदर मान्छे जस्तै देखिने मात्रै होइन यसले मान्छे जस्तै हाउभाउ समेत देखाउने गर्दछ।
अचेल यस बाँदरक तस्बीर र भिडियोहरू सामाजिक संजालमा निकै भाइरल भैरहेका छन्। युटुबमा मात्रै यस बाँदरको भिडियो निकै पटक हेरिइसकेको छ।