पञ्चाङ्ग
वि.सं. २०७५ साल वैशाख ८ गते। शनिबार। इश्वी सन् २०१८ अप्रिल २१ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– षष्ठी, २०:५४ बजेउप्रान्त सप्तमी। नक्षत्र– आर्द्रा, २२:०८ बजेउप्रान्त पुनर्वशु। योग– अतिगण्ड, १०:३९ बजेउप्रान्त सुकर्मा। करण– कौलव, १०स्०६ बजेदेखि तैतिल, २०:५४ बजेउप्रान्त गर। आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– मिथुन। काठमाडौंमा सूर्योदय– ५:३६ बजे, सूर्यास्त– १८:३१ बजे र दिनमान ३२ घडी १८ पला। छन्द दिवस। त्रिपुष्कर योग २२:०८ बजे प्रारम्भ।
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला ।
बृष
बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरमा अतिथीको आगमन हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । रोमाञ्चक यात्रा होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) चिन्ता छाडेर चिन्तन गर्ने समयछ । बिश्वास गरेकाले साथ दिनेछन् । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । प्रेमीको सहयोग पाईनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लगनशीलताले कामहरू अगाडी बढ्नेछन । राज्यबाट मानसम्मान मिल्नेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) राज्य बाट मान सम्मान पाइनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । धार्मिक यात्राको योगछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विद्या र बुद्धिको विकास हुनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ ।
बृश्चिक
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लाभदायक यात्रा नहोला । गरेका काममा ढिलासुस्ती हुनेछ । स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुनेछ । खर्चिलो यात्रा हुनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभकार्यको चर्चा चल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । पुनर्मिलनको योग रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राजनैतिक कार्यमा सफलता मिल्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । परिवार संग रमाइलो भेटघाट हुनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्य सम्पादनमा समस्या आउनेछ । अनावश्यक झमेलामा परिएला । मनमा चञ्चलता बढ्नेछ । दिनको उत्तरार्धभने सुखद रहनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो