काठमाडौं ८ वैशाख: आँउदो भदौ १ गतेदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने भएको छ । मौजुदा कानुनले कसैले बहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरिएको छ। तर भदौबाट लागू हुने नयाँ कानूनमा वहुविवाह भन्ने शब्दलाई नै बन्देज लगाइएको छ ।
बलात्कार गरेर हत्या गरेमा, अपहरण गरेर हत्या गरेमा, जातीय९जाति नै समाप्त हुने गरी० हत्य गरेमा आजीवन काराबासको व्यवस्था गरिएको छ ।
मुलुकी अपराध संहिता ऐन, २०७४ ले समाजमा गलत गतिविधि गर्नेलाई कडा कानुनी कारवाही गर्ने कानुन पारित गरेको छ । यो समाचार आजको नेपाल समाचार पत्रले छापेको छ ।