काठमाडौँ, ९ वैशाख
सरकारको विद्यार्थी भर्ना अभियानमा यतिखेर सबैले साथ र सहयोग गरिरहेका छन् । त्यसै अभियानमा अनेरास्ववियूका सचिव सुदेश पराजुली सरिक भएका छन् । सचिव पराजुली पश्चिम नेपालको दाङ जिल्ला तुलसीपुरमा अवस्थित महेन्द्र उ.मा.बिमा विपन्न परिवारका ७ वर्षीय सौगात सुनारलाई भर्ना गरी अभिवाकत्व ग्रहण गर्दे सरिक भएका हुन् ।
उनले भर्नासँगै शैक्षिक सामाग्री पनि हस्तान्तरण गरेका छन् । हस्तान्तरण गर्दे उनले गरिब जनताका छोरा छोरीहरू शिक्षाको उज्यालो घामबाट अझै टाढै रहेको बताए । ‘हुँदा खाने र हुने खानेहरुको बिचमा लामो शैक्षिक वर्गिय खाँडल अहिले पनि कायम छ, शैक्षिक व्यापारीकरण ,माफियाकरण दिनानुदिन फस्टाउदै छ, यसलाई भत्काउनै पर्छ, यसलाई तोड्नै पर्छ, सबैले सङ्कल्प गरौँ’, उनले भने ।
उनले सबैको शिक्षा, शिक्षामा सबै, शिक्षामा समान पहुँच र अवसर कायम हुनुपर्ने बताउँदै निरक्षरता उन्मुलन गर्दे सुखी नेपाली, समृद्व नेपाल बनाउनमा जोड दिए ।
उनले अभियान अवसर मिलाई दिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी दाड.र राप्ति ववई क्याम्पस कमिटीलाई हृदयदेखि धन्यवाद दिए ।
वैशाख १ गतेदेखि सरकारले विद्यार्थी भर्ना अभियान सुरु गरेको छ । जस अन्तर्गत प्रधानमन्त्री, मन्त्रीदेखि लिएरु सत्तारुद दलका नेताहरू अभियानमा सरिक हुँदै विद्यार्थी भर्ना सँगै शैक्षिक सामाग्री हस्तान्तरण गरिरहेको छन् । – नयाँपेज