खासमा कस्ता पुस्तक पढ्छन् त प्रधानमन्त्री ओली ?



काठमाडौं, ९ वैशाख

प्रविधिको विकाससँगै पुस्तक पढ्ने बानी धेरैमा कम हुँदै गएको छ । हामीमध्ये कतिको पुस्तक पढ्ने बानी कमजोर हुँदै गएको पनि छ । तर, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुस्तक पढ्न रूची राख्ने नेताका रुपमा चिनिन्छन् । उनले पढ्ने पुस्तकहरू प्रायः राजनीतिक विषयवस्तुमा आधारित, इतिहाससँग सम्बन्धित र धर्मशास्त्र रहेका छन् ।

प्रधानमन्त्री ओलीले विश्व साहित्यको बारेमा धेरै पुस्तक अध्ययन गरेका छन् । हाल प्रधानमन्त्री ओली ‘धर्मशास्त्र र इतिहास’ भन्ने पुस्तक अध्ययन गरिरहेका छन् ।

राजनीतिक कार्यक्रममा निकै व्यस्त रहने ओली यतिबेला वाम गठबन्धन सहितको सरकारको प्रधानमन्त्री हुन्। निकै जिम्मेवारीका बाबजूद पनि ओलीको पुस्तक पढ्ने रूची आफैंमा फरक र रोचक छ । उनी धेरैजसो पुस्तक रातको समयमा पढ्ने गर्छन् । उनले अन्तर्राष्ट्रिय विकासका अनुभवबारे थुप्रै पुस्तक अध्ययन गरेका छन् ।

ओलीले महाभारतको पनि विस्तृत अध्ययन गरेका छन् । प्रधानमन्त्री ओली अन्तर्राष्ट्रिय आर्थिक विकासका बारेमा लेखिएका कुनैपनि पुस्तकको बारेमा अध्ययन गर्ने गरेका छन् । परम्परा, विकास, विश्व साहित्य, धर्म, इतिहास एवम् सभ्यताका बारेमा लेखिएका पुस्तक उनले पढ्ने गरेका छन् ।

ओलीले केही समय अघिमात्र महाभारतको ६ खण्ड समावेश भएको लामो पुस्तकको अध्ययन गरे । पुस्तक पढ्न रमाउने उनी समसामयिक विषयमा लेखिएका धर्म र इतिहासका पुस्तक बढी नै पढ्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्