मस्र्याङ्दीमा ‘शैक्षिक सुधार अभियान’



लमजुङ, ९ वैशाख

मस्र्याङ्दी गाउँपालिकाअन्तर्गतका विद्यालयमा शैक्षिक सुधार अभियान शुरु गरिएको छ ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले गाउँपालिकाअन्तर्गतका विद्यालयको शैक्षिक गुणस्तर निकै कमजोर रहेकाले टिच फर नेपाल (टिएफएन)को सहकार्यमा शैक्षिक सुधारका लागि २५ बुँदे घोषणापत्र तयार गरी अघि बढेको बताउनुभयो ।

टिएफएनले पहिलो चरणमा आठ माध्यमिक विद्यालयमा दुई दुई स्वयंसेवक शिक्षक(फेलो) पठाएको छ । अंग्रेजी, गणित र विज्ञान विषयका तालीमप्राप्त १६ शिक्षक विद्यालयमा पुगिसकेका छन् । विद्यालय तहको शिक्षामा देखिएको असमानता बढ्दै गएपछि टिएफएनले उक्त अभियानको परिकल्पना गरेको संस्थाले जनाएको छ ।

टिएफएनले यस वर्ष लमजुङसहित दाङ र पर्साका ५१ विद्यालयमा अभियान सञ्चालन गरेको जनाएको संस्थाका प्रशासन तथा लजिपष्टक प्रमुख लोचन पौडेलले जानकारी दिनुभयो । तेत्तीस फेलोबाट शुरू भएको अभियानमार्फत अहिले एक सय ११  युवा स्वयम्सेवी शिक्षक अध्यापनरत छन् । स्वयम्सेवक शिक्षकको ५० प्रतिशत तलब संस्थाले दिनेछ भने बाँकी ५० प्रतिशतको ६० प्रतिशत गाउँपालिका र ४० प्रतिशत सम्बन्धित विद्यालयले दिनेछन् । (रासस)

 

प्रतिक्रिया दिनुहोस्