सुर्खेत, ९ वैशाख
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारका नीति तथा कार्यक्रम प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष आज पेश गर्नुभएको छ ।
बिहान ११:३० बजे प्रदेश प्रमुखको कार्यालयमा सरकारको नीति तथा कार्यक्रम पेश गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेशसभामा पेश गर्ने संवैधानिक व्यवस्था छ ।
कर्णाली प्रदेश सरकारको शनिबार सम्पन्न मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्ष २०७४/७५का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको थियो ।
कर्णाली प्रदेशसभाको आजै बस्ने बैठकमा प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । (रासस)