७ सय वर्ष पुरानो सबैभन्दा ठूलो रुख बचाउंन सलाइनबाट औषधि (फोटो फिचर)



हामी सबैलाई थाहा छ, बिरामी प्राणीलाई सलाइनबाट औषधि दिएर बचाँईन्छ । अझ आम मानिसहरुलाई सलाईन दिनु त स्वभाविकै हो । हामी कल्पना गर्न सक्छौं, ‘बिरामी रुखलाई सलाइनबाट औषधि दिएर बचाउने प्रयास जारी छ ?’ सायद दुनियाँमा रुखलाई सलाइनबाट औषधि दिएर उपचार गर्ने विश्वकै अनौठो प्रयास हो । कुरा टाढाको हैन, हाम्रै दक्षिण छिमेकी भारतको तेलंगाना राज्यको हो । कतिपयले कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तै ठानेका छन्मा । तेलंगानामा रहेको ७ सय वर्ष पुरानो बरको रुखलाई सलाइनमार्फत विशेष किटनाशक औषधि दिईरहेको छ ।

 यो रुख निकै विशाल छ । रुखले ढाकेको क्षेत्रफल झन्डै तीन एक्कड छ । त्यो रुखलाई संसारकै दोस्रो सबैभन्दा ठूलो रुख मानिन्छ ।

रुखमा सुइ घोचेर नभै बोतलमा सलाइन पानीसँगै किटनाशक औषधि राखेर रुखका हाँगाहरुमा यत्रतत्र किटनाशक र पानीका थोपा खसाइएको छ । बुढ्यौली लागेसँगै त्यो रुखमा धमिराको आक्रमण निकै बढिरहेको छ । धमिराका कारण रुखका हाँगाबिँगा नै मक्किएर सुक्ने जोखिम भएसंगै औषधी र पानी बोतलहरु निकै हाँगाबिँगामा झुण्ड्याएको देखिन्छ ।

संक्रमण नफैलियोस् भनेर वरको जरामा पनि पाइपले बाँधिएको छ । रुख हराभरा होस्  भन्न पानी तथा मलखादको व्यवस्था गर्ने योजना सरकारी अधिकारीहरुले जनाएका छन्  ।

प्रतिक्रिया दिनुहोस्