‘भिआइपी’ का घरमा नियम विपरीत अझै हजार सुरक्षाकर्मी



काठमाडौं, १० बैसाख

बहालवाला र पूर्व विशिष्ट पदाधिकारीहरूको सुरक्षामा नियम विपरीत खटिएका सशस्त्र र नेपाल प्रहरी फिर्ता गर्न दिइएको एक हप्ताको समय सीमा नाघिसक्दा पनि त्यो पालना नभएको गृह मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

यद्यपि झण्डै एक हजारको संख्यामा रहेको भनिएका त्यस्ता प्रहरी फिर्ता हुने क्रम भने जारी रहेको प्रहरी अधिकारीहरूको भनाइ छ । नियम विपरीत सवारी चालकको रुपमा, भान्सा वा बगैंचाको काम जस्ता सुरक्षासंग असम्बन्धित काममा लगाइएको भन्दै गृह मन्त्रालयले तिनीहरूलाई फिर्ता बोलाउन लिखित निर्देशन दिएको १० दिन भइसकेको छ ।

उक्त निर्देशन अनुसार काम थालिए पनि त्यसमा भने केही ढिलो हुन गएको सशस्त्र प्रहरीका प्रवक्ता नायव प्रहरी महानिरीक्षक बाबुराम पाण्डेले बताए । विशिष्ट व्यक्ति सुरक्षा कार्यनीति अनुसार प्रहरी खटिएका हुन् । फिर्ता भइरहेका छन् । तर, पूर्णरुपमा भने हुन सकेको छैन । उनले भने, ‘हाम्रो केन्द्रदेखि जिल्लासम्म सुरक्षा समिति छ । त्यस्तै विशिष्ट व्यक्ति सुरक्षा कार्यनीति छ । त्यो अनुसार प्रहरी खटिएका हुन् । फिर्ता भइरहेका छन् । तर पूर्णरुपमा भने हुन सकेको छैन ।’ नेपाल प्रहरीले पनि फर्काउने क्रम जारी रहेको भन्दै अहिले संख्या यकिन नभएको जनाएको छ ।

सशस्त्र र नेपाल प्रहरीका गरी झण्डै एक हजार जना, सुरक्षा बाहेकको काममा बहालवाला र पूर्व विशिष्टहरूको खटिएको प्रहरीको तथ्याङ्क छ । गृह मन्त्रालयले भने पहिलो पटक यस्तो योजना थालिएकोले त्यसमा समय लाग्न सक्ने भए पनि त्यसलाई कडाईका साथ लगिने बताएको छ । फिर्ता गर्ने यस्तो अभियान यसअघि भएको थिएन। त्यसैले निर्देशनपछि फिर्ता नभएको होइन। तर बदलिंदो परिस्थितिमा विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धि कार्यविधि नै परिमार्जनको आवश्यकता भने देखिएको छ ।

गृह प्रवक्ता रामकृष्ण सुवेदी भन्छन्, ‘फिर्ता गर्ने यस्तो अभियान यसअघि भएको थिएन । त्यसैले निर्देशनपछि फिर्ता नभएको होइन । तर बदलिंदो परिस्थितिमा विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धि कार्यविधि नै परिमार्जनको आवश्यकता भने देखिएको छ ।’ प्रहरी सेवाको दुरुपयोग भएको भन्दै प्रधानमन्त्रीले नै तिनीहरूलाई फिर्ता बोलाउन गृह मन्त्रालयलाई निर्देशन दिएका थिए । सुरक्षासँग असम्बन्धित विषयमा सुरक्षाकर्मी खटाउन नपाउनेसहितको कार्य्विधि पनि अर्को साता मन्त्रिपरिषद्मा पेश गर्ने योजना रहेको पनि अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्