काठमाडौं, ११ वैशाख/ एटम शर्मा
नाम – सुदर्शन गौतम
देश – नेपाल
क्षेत्र – उद्योग, अर्थतन्त्र र पर्यटन
विशेषता – दुवै हात गुमाएर पनि सगरमाथा चढ्ने व्यक्ति
जन्म – २०३८
रामेछापको गुन्सी भदौरे १ मा एक साधारण परिवारमा जन्मिएका सुदर्शन गौतमले रामेछापकै शतालङ्गेश्वर मा.वि.बाट कक्षा ९ को परिक्षामात्र दिएर वि.सं.२०५१ सालमा काठमाडौं प्रवेश गरेका थिए । त्यतिवेला उनि १३ वर्षका थिए ।
काठमाडौं आएपछि आफ्नै अंकलको घर वानेश्वरको थापागाउंमा वस्न थालेका थिए । एक दिन घरको छतमा उफ्रिदै खेल्ने क्रममा विजुलीको तारमा छोइए पछि उसलाई करेन्ट लाग्यो । उसलाई विर हस्पिटल लगियो । वीर अस्पतालमा डाक्टरहरुको वेवास्ताका कारण पुन उनलाई शैनिक अस्पताल लगियो । डडेको हातमा पछि क्यान्सर हुन सक्ने सम्भावनाले डाक्टरहरुको सल्लाहमा उनको दवै हात उनले देखेनन तर छेउमा वुवा आमा रोइरहेका भने देखे ।
आफनो दुवै हात गुमे पनि उनको मनले एक इन्च पनि हरेस खाएन । वरु हरेस खानुको सट्टा उच्च मनोवल लिएर खुट्टाले लेख्ने अभ्यास गर्न थाले । लगभग एक हप्ता जतिको मिहिनेत पछि वल्लतल्ल उसले आफ्नो नाम लेख्न सक्ने भए । तर १ महिना सम्ममात हातले जस्तै सरर लेख्ने र अन्य धेरै कामहरु गर्न सक्ने भए ।
हुने विरुवाको चिल्लो पात भने झै“ खुट्टाले नै लेखेर २०५२ सालमा एस.एल.सी दिएर सेकेण्ड डिभिजनमा पास समेत गरे । उनले गोडाले लेखेर एस.एल.सी.पास गरेको समाचार नेपालको प्रमुख समचार वनेके थियो त्यतिवेला ।
काठमाडौंमा डेरामा वसेर गोडाले लेखेर अध्ययन गर्न गाह्रो हुने सम्झेर मिनभवनमा उनलाई वुवाले ऋण धन गरेर एउटा सानो घर वनाई दिनु भयो । उनी घर नजिकैको नेपाल कमर्श क्याम्पस पढ्न थाले । पढ्दा खेरी उनी वेन्चमा नवसेर कक्षाकोठाको एक छेउमा वसेर लेखिरहन्थे ।
उनको गोडाले लेख्ने कार्यको सवै तिर समचारहरु टाँसीरहेका हुन्थ्यो । त्यसै क्रममा एक दिन आइकम दोस्रो वर्ष पढ्दै गर्दा नेपाल टेलिभिजनमा अन्तरवार्ता समेत दिन पाए । उनको खुसीको सिमा रहेन ।
गोडाले नै कम्प्युटर चलाउन सिपालु वनिसकेका गौतमले २०५८ सालमा तत्कालिन प्रधानमन्त्रि शेरवहादुर देउवा र सञ्चारमन्त्रि जे.पी. गुप्ता लगायत देश विदेशका अन्य थुप्रै संचारमाध्यमका पत्रकारहरुको वीचमा कार चलाएर देखाए । त्यस पछि उनले विश्वको लगभग ४१ भन्दा वढी देशहरुको ड्राइभिङ प्रदर्शनीमा भाग लिने र ती देशहरुको वारेमा विविध कुराहरु वुझ्ने अवसर पाए ।
विदेश भ्रमणका दौडानमा अफ्नो जीवनलाई नयाँ ढंगबाट बुझ्न थालेका गौतमले नेपाल फर्किए पछि करिव डेढ दर्जन जति सामाजिक संस्थाहरुमा अध्यक्षका रुपमा रही सामाजिक कार्य गर्न थाले । त्यसैक्रममा ‘मोटिभेस्नल गेष्ट स्पिकर’ का रुपमा क्यानाडा सरकारले त्यहाको वोल्न डाक्यो । उनी र श्रीमती अम्विका सहित क्यानाडा गए ।
क्यानाडा जानु अघि सन् २००५ मा सगरमाथा आरोही पेम्वा दोर्जे शेर्पाका वारेमा पत्रिकामा पढेका गौतमको मनमा एक्कासी सगरमाथा आरोहण गर्ने इच्छा जाग्यो । तर त्यो धेरै चुनौतीपूर्ण थियो । उनले पेम्वाको खोजी गर्न लागे जहा“ इच्छा त्यहा“ उपाय भने झैँ उनको पेम्वासीत भेट गरेर आफ्नो आशय व्यक्त गरे । गौतमको कुरा प्रति पेम्वा सकरात्मक देखिए । सुरुमा अभ्यासर परिक्षणक लागि केहि साना हिमालहरु चढ्ने सल्लाह दिए । ६ हजार उचाईको यालापिक चढ्न सके सगरमाथा चढ्न सकिने भएकोले उनी पेम्वासंग यालापिक चढ्न गए । आरोहण सफल भयो । उनी धेरै खुसी भए । तर सगरमाथा आरोहण गर्न आवश्यक पैसा जुटाउन नसकेकाले अत्यन्त उनी श्रीमती सहित स्थायी वसोवासका निम्ती क्यानडा गए । क्यानडामा उनले कार सेल्स र रेस्टुरेन्ट व्यवसाय गर्न थाले ।
क्यानडामा पनि उनको वारेमा धेरै चर्चा चल्न थाल्यो । उनलाई विभिन्न संचार माध्यमहरुले अन्तरवार्ता लिन वोलाउन थाले । एक अचम्मको कुरा त के भो उनलाई जतिले अन्तरवार्ता लिन वोलाउथे, सवैले पारिश्रमिक दिन्थे । प्रत्येक अन्तरवार्तामा उनी क्यानडाली नागरीकको हैसियतले सगरमाथा आरोहण गर्ने इच्छा प्रकट गर्दथे । त्यसबाट झन उनले सहयोग र समर्थन पाउन थाले ।
एक दिन क्यानडाको राष्ट्रिय दैनिक पत्रिकाको आवरण पृष्टमा गौतमले गोडाले चिया पिइरहेको फोटो सहितको समचार छापियो । त्यो देखेर उनलाई तत्कालिन क्यानडाका प्रधानमन्त्री स्टेफन हार्पले भेटे र सगरमाथा अरोहणका लागि लिखित शुभकामना दिए । त्यो शुमकामनाले उनको जीवनमा थप उर्जा वढाउन सफल भयो । त्यो सन् २०१० मा पुन पेम्वासंग सम्पर्क गरे । पेम्पाले पुन सहयोग गर्ने वचन दिए पछि उनी सन् २०१३ मार्चमा दोलखाको ६ हजार उचाईको रामदुङ हिमालको सफल आरोहण गरी पेम्वासहित ८ सदस्यीय टोलीमा सामेल भई उनी वैशाख १८ गते सगरमाथा आरोहणका निम्ती लुक्ला प्रस्थान गरे ।
६ दिन लामो पैदल यात्रा पछि उनीहरुको टाली वेसक्याम्प पुग्यो केही दिन वेस क्याम्पमा अभ्यास गरेर वैशाख ३१ मा सगरमाथा चुचुरोतिर लम्केको उसको टोली जेष्ठ ६ गते करिव ३ वजे र २५ मिनेट जाँदा चुचुरोमाथि पाइला टेक्न सफल भए । उनले हात विना नै सगरमाथा चुचुरोमा पाइला टेकी सहासी कीर्तिमानी कायम गरे । उनले विश्वलाई मानिसले चाहेमा असम्भव भन्ने कुरा यो संसारमा केहि पनि छैन भन्ने कुरा पुष्टि गरिदिए । र उनको त्यो सहासिक कामले त्यतिवेला संसार भरी तहल्का मच्याउन सफल रह्यो ।
त्यति मात्र नभएर नायक हुन र फ्लिम खेल्न हात नचाहिने भन्दै रेखा थापाको निर्माण, निर्देशन एवं अभिनय रहेको नेपाली फिल्म हिम्मतवालीमा समेत मुख्य भूमिकामा देखिएका सुदर्शन नेपाली फिल्म हेर्ने दर्शक सामु समेत प्रिय बनेका थिए ।