परिवर्तनको लागि हातेमालो अभियानको दशौँ हप्ता सम्पन्न



बिराटनगर, वैशाख ११

परीवर्तन चाहानु हुन्छ भने पहिला आफुबाट नै सुरु गरौ भन्ने नाराका साथ विराटनगरमा भईरहेको सरसफाई महाअभियानले दशौ हप्ता पनि निरन्तरता पायो ।

उक्त अभियानमा महेन्द्रमोरङ क्याम्पस र पाञ्चाली जाने बाटोमा अवस्थित लक्ष्मी प्रसाद देवकोटाको सालीक सरसफाई सँगै रंग रोगन पनि गरिएको थियो । जिर्ण अवस्थामा रहेको  उक्त सालिक वरपरको चारकोसे झाडी, धुलाम्य सडक र सम्पूर्ण फोहोर सरसफाईको काम गरेको आयोजक परिवर्तनका लागी हातेमालो अभियानले जानकारी दिएको छ । उक्त ठाँउमा भएको माटो र ढुङ्गा हटाउनलाई बिराटनगरका मेयर भिम पराजुलीले डोजर लगाएर मिलाईदीने आस्वसन दिनु भएको उक्त अभियानका अभियान्ताहरु राम पोखरेल र तुलसि घिमिरेले जानकारी दिएका छन् ।

जनताको रहर सफा सुन्दर माक्स रहित बिराटनगर बनाउन सम्पूर्ण बिराटनगर बासी एक हौँ ।

प्रतिक्रिया दिनुहोस्